चौतारा साँगाचोकगढीमा माओवादी–समाजवादीको अग्रता

काठमाडौँ – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा नगरपालिकामा माओवादी–एकीकृत समाजवादीको गठबन्धनले सामान्य अग्रता लिएको छ।

प्रमुखमा माओवादीका कृष्णप्रसाद सापकोटाले १८० पाएका छन् भने उपप्रमुख सीता थापाले १५२ मत ल्याएकी छिन्।

एमालेबाट प्रमुखको प्रत्यासी बनको इन्द्रबहादुर नेपालले १८५ भोट ल्याउँदा उपप्रमुखमा बालकुमारी सापकोटाले १९३ मत पाएकी छिन्।

त्यस्तै नेपाली कांग्रेसबाट प्रमुखको प्रत्यासी बनेका केशवराज गिरीले १५० र उपप्रमुमा तुलसीकुमारी श्रेष्ठले १५५ मत ल्याएकी छिन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्