मुस्ताङको लोमान्थाङमा एमाले विजयी

काठमाडौँ- मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

एमालेका टसी गुरुङले कांग्रेस उम्मेद्वार टसी नुर्वु गुरुङलाई पराजित गरेका हुन्। टसीले ६ सय ६८ मत पाउँदा टसीनुर्बुले ५ सय १४ मत ल्याएका छन्।

उता उपाध्यक्षतर्फ एमालेकै छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई हराइन्।

छिमीले ६३२ मत पाउँदा छिरिङले ५३८ मत पाएकी छिन् ।

३ वटामा एमाले र २ वटामा कांग्रेस विजयी भएको छ ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्