मोरङ – स्थानीय तह निर्वाचनअन्तर्गत धनकुटा नगरपालिकामा मतगणना जारी रहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल धनकुटा नगरपालिकामा १ हजार ४ सय १४ मत गणना हुँदा नेकपा एमालेका उम्मेद्वारले २ सय ९ मतको अग्रता बनाएका छन्। एमालेका उम्मेदवार चिन्तन तामाङले ७ सय ६५ मत पाएका छन्।

गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार दिनेश राई ५ सय २६ मत पाएर दोस्रो स्थानमा छन्।

त्यसैगरि उपप्रमुखमा एमाले नै अगाडि छ। उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार भीमादेवी खनालले ५ सय ८३ मत हासिल गरेकी छन्। उनलाई गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार गणेशबहादुर विष्टले ५ सय ६३ मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा एमालेले २० मतको अन्तर बनाएको छ। धनकुटा नगरपालिकामा पहिलो चरणमा वडा नम्बर १ र २ बाट मतगणना सुरु गरिएको हो।

२२ हजार ९ सय ७१ मत रहेको नगरपालिकामा १६ हजार ४ सय १९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्