१, २ र ३ वडामा पनि बालेन शाह नै अगाडि

काठमाडौँ-  महानगरको १, २ र ३ वडाको ११२० मत गणना सक्दा स्वतन्त्र उम्मेदवार बालेन शाह ४०२ मतका अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३१९ मत पाएका छन्।

कांग्रेसकी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् भने राप्रपाका मदनदास श्रेष्ठले ५३ तथा विवेकशील साझाकी समीक्षा बास्कोटाले १३ मत पाएकी छन्।

निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल राष्ट्रिय सभागृहमा यो परिणाम सार्वजनिक गरेको हो।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्