डोटीको पूर्वीचौकी–१ मा प्यानलसहित कांग्रेस विजयी

धनगढी – डोटीको पूर्वीचौकी गाउँपालिका वडा नंं. १ खिरसैनमा नेपाली कांग्रेसको वडाध्यक्षसहित प्यानल विजयी भएको छ।

अध्यक्षमा अकंबहादुर खड्का, दलित महिला सदस्य खिनादेवी लुहार, महिला वडा सदस्यमा पारुदेवी श्रीमाल, वडा सदस्यमा वीरबहादुर खड्का, वडा सदस्यमा सरस्वतीदेवी साउँदको सिंगो प्यानल विजयी भएको छ।

उनले प्रतिपक्ष नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार कैलाश खड्कालाई ३४८ मतान्तर ले पराजित गर्दै विजयी सुरुवा गरेका हुन्।
पूर्वीचौकी गाउँपालिकामा अरु वडाहरुको मत गणना जारी छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्