पेट्रोल, डिजेल र मट्टितेल हरेकमा १० रुपैयाँ प्रतिलिटर मूल्य बढ्यो

फाइल तस्बिर

काठमाडौँ- सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि गरेको छ। वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा हरेकमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।

बढेको मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर भएको छ।

यो मूल्य शनिबार रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्