धनगढी उपमहानरमा स्वतन्त्र उम्मेद्वार हमालकाे अग्रता कायमै

धनगढी- सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै रहेकाे छ ।

१ हजार १४३ मतगणना हुँदा हमालले ५२४ मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३३७, नेकपा एमालेका रणबहादुर चन्दले ४९ मत पाएका छन् ।

मतगणना शनिबार दिउँसाे साढे १२ बजेदेखि सुरु भएको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्