बालेन शाहले ७४७ ल्याउँदा स्थापितको ५४५

काठमाडौँ- काठमाडौँमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदमा ७४७ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५४५ मत ल्याएका छन्।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३९७ मत ल्याएकी छन्।

अहिले वडा १, २, ३, ४ र ३२ वडामा मतगणना भइरहेको छ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्