टीकापुर ५ मा वडा अध्यक्षसहित पूरै टिम रेशम चाैधरीका उम्मेद्वार विजयी

धनगढी- रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा विजयी यात्रा शुरूवात गरेको छ ।
सत्तारुढ गठबन्धन सहित एमालेका उम्मेदवारहरूलाई पछार्दै नगरपालिकाको वडा नं. ५ मा वडाध्यक्षका उम्मेदवार वीरबल थारु सहित उनको पूरै प्यानल विजयी भएको हो ।
सार्वजनिक गरिएकाे परिणाम अनुसार वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् ।
बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्