दाङ–घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता जारी राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका हेमराज शर्माले २८४४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नरुलाल चौधरीले २५३४ मत प्राप्त गरेका छन् ।

अहिले घोराही उपमहानगरपालिका वडा नं. १४, १५, १६, १७, १८, १९ को मतगणना चलिरहेको छ ।

उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवारले अग्रता जारी राखेका छन् । नेपाली कांग्रेसका भूपबहादुर डाँगीले ३१००, नेकपा एमालेका हुमा डिसी २४५८ मत प्राप्त गरेकी छिन् ।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्