सिरहा नगरपालिका १० मा एमालेको प्यानलै विजयी

जनकपुरधाम – सिरहाको सिरहा नगरपालिका १० मा नेकपा एमालेका वडाध्यक्ष सहित सम्पूर्ण प्यानलै विजयी भएको छ ।

एमालेका वडाध्यक्ष पदका उम्मेदवार दीपक मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३ सय ४८, जनता समाजवादी पार्टी नेपालका जुगल किशोर कामतीले ३ सय १ मत प्राप्त गरेका हुन् ।

यस्तै वडा सदस्यहरुमा कृष्णदेवलाल कर्ण, नारायण मुखिया मलाह, गिरजा देवि पासमान र परमेश्वरीदेखी खत्वे निर्वाचित भएका छन् ।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्