मोरङ – सुनसरीको धरान उपमहानगरपालिका– २ मा नेकपा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन्।

धरानमा ३ वटा वडाको मतगणना भइरहदाँ वडा नम्बर २ को नतिजा आएको हो। जसमा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार राई ६ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन्।

उनले गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुधिर लिम्बूलाई १ सय १९ मतले पारेका थिए। एमालेले वडाअध्यक्षमा जितेपनि सदस्यमा कांग्रेसका अजय राई, सन्ध्या श्रेष्ठ, बुना शंकर र दिनेशकुमार अग्रवाल विजयी भएका छन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्