बेलबारी नगरपालिकामा एमालेकाे अग्रता

विराटनगर- मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार दिलप्रसाद राईले अग्रता बनाएका छन्।

नगरपालिकास्थित निर्वाचन अधिृकतको कार्यालयका अनुसार नगरपालिकाको हालसम्म ६ हजार १ सय २४ मतगणनामा राईले कांग्रेसका उम्मेदवार महेन्द्रप्रसाद सुवेदीसँग १ सय ११ मतको अन्तर कायम राखेका छन्।

अग्रता बनाउन सफल एमाले उम्मेदवार राईले हालसम्म २ हजार ७ सय ४१ मत पाएका छन्।

त्यसैगरी, उनलाई पछ्याउने क्रममा नेपाली कांग्रेसका उम्मेदवार सुवेदीले २ हजार ६ सय ३० मत पाएका छन्।

कार्यालयका अनुसार हालसम्म नगरपालिकाको वडा नम्बर १, २ र ११ बाट गणना भइरहेको छ। जहाँ वडा नम्बर १ मा एमाले उम्मेदवार राईलाई १ हजार ८०, वडा नम्बर २ मा ८ सय १, र वडा नम्बर ११ मा ८ सय ६० मत आएको छ।

यस्तै, सोही वडामा कांग्रेस उम्मेदवार सुवेदीलाई क्रमशः ९ सय ९१, ९ सय ९ र ७ सय ३० मत पाएका छन्। तीनवटै वडा नेकपा एमालेको बलियो वडाका रूपमा रहँदै आएको छ।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्