धनुषाको सहिदनगर नगरपालिकामा जसपा अगाडि, वडा १ मा कांग्रेसको प्यानल विजयी

जनकपुरधाम- धनुषाको सहिदनगर नगरपालिकामा जनता समाजवादी पार्टीले मेयरमा दोब्बरभन्दा बढी र उपमेयरमा झण्डै तेब्बरले अग्रता लिएको छ।

सहिदनगर-१ को मतगणना सम्पन्न हुँदा जसपाका दिनेश प्रसाद यादवले १ हजार २१८, नेकपा एमालेका जयप्रकाश यादवले ५७४, नेकपा माओवादी केन्द्रका उदय कुमार बरबरियाले ३२०, लोसपाका वीरेन्द्र कुमार यादवले ८५, नेकपा एकीकृत समाजवादीका सुकेश कुमार मण्डलले ४८, जनमत पार्टीका लक्ष्मेश्वर यादवले ८० मत ल्याएका छन्।

यसैगरी, उपमेयरमा जसपाकी उम्मेदवार लक्ष्मीनिया कुमारी मण्डलले ९५२, कांग्रेसकी सुनिताकुमारी सिंहले ३८३, एमालेकी शिलादेवी कापरीले ३३४, माओवादी केन्द्रकी रेखाकुमारी मण्डलले ३०१, एकीकृत समाजवादीकी रिन्कुदेवी यादवले १९८, लोसपाकी इन्दिलादेवी साफीले ११८ र जनमत पार्टीकी देवसुनैर कुमारीले ८० मत ल्याएका छन्।

यस्तै, वडा नं. १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। कांग्रेसका वडाध्यक्षमा देवीलाल यादव ६५९ मत ल्याएर विजयी भएका हुन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्