भरतपुर अपडेट : रेणु र सुवेदीबीच ११० मतकाे अन्तर

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।

दाहालले ११० मतकाे अग्रता राखेकी हुन्।

ताजा मतपरिणाम अनुसार दाहालले १ हजार १ सय ७८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ६८ मत पाएका छन्। सुवेदीलाई राप्रपाकाे पनि साथ छ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्