शान्तिनगर–२ मा कांग्रेसकाे कारवाहीमा परेका बागि उम्मेदवार बिजयी

दाङ–दाङको शान्तिनगर गाउँपालिका – २ मा कांग्रेसको बागि उम्मेदवार बिजयी भएका छन् । खानेपानीको धारा चुनाव चिन्ह लिएर स्वतन्त्र उठेका सुनिल वली निर्वाचित भएका हुन ।

उनले ६२९ मत प्राप्त गरेका छन । वलीलाई पार्टि सदस्यताबाट निस्कासन गरेर कारबाही गरेको नेपाली कांग्रेस जिल्ला समितिले विज्ञप्ति जारी गरेको छ ।

यो वडा कांग्रेस जिल्ला सभापति शंकर डाँगीको वडा हो । टिकट वितरणमा असन्तुष्ट रहेका वलीले बागि उम्मेदवारी दिएका थिए ।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्