बुटबल उपमहानगर-२ काे अध्यक्षमा एकीकृत समाजवादीका सुनिल शाक्य निर्वाचित

बुटवल- बुटवल उपमहानगरपालिका-२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य निर्वाचित भएका छन्।

शाक्य नेकपा एमालेका रमेश नेपाललाई ३४ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन्। शाक्यले ९०९ मत पाउँदा नेपालले ८७५ मत पाए।

नेपाल यसअघि दुईपटक वडाध्यक्ष भइसकेका थिए। बुटवलमा प्रमुख र उपप्रमुखमा पाँच दलीय गठबन्धन भए पनि वडा तहमा एक्लाएक्लै चुनाव लडेका छन्।

यसअघि बुटवलको वडा नम्बर १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भइसकेका छन्। १९ वटा वडा रहेको बुटवलमा अहिले वडा नम्बर १९ को मतगणना जारी छ। १९ मा एमाले उम्मेदवारले अग्रता लिइरहेका छन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्