एमालेकाे गढ सिरहाकाे सरे अम्बास: ७१ वर्षमा पहिलाे पटक कांग्रेस विजयी

सिरहा – धनगढीमाई नगरपालिका वडा नं. १४ काे अध्यक्षमा नेपाली कांग्रेसका अमित ठकुरी विजयी भएका छन्। कुल १२ सय ७१ मत खसेकाेमा उनले ५२२ मत पाए।

एमालेका नरेन्द्र सुनुवारले ३३८ मत ल्याए भने जसपाका दिलिप लामाले ३३१ मत ल्याए।

धनगढीमाई नगरपालिकाकाे सरे अम्बासलाई एमालेकाे गढका रुपमा लिने गरिन्छ। २००७ सालपछि हरेक पटक एमालले जित्दै आएकाे थियाे।

याे ठाउँमा २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशन सम्पन्न भएको थियाे जसबाट स्वर्गीय मदन भण्डारी महासचिवमा निर्वाचित भएका थिए।

जितपछि ठकुरीले भने ‘जनतालाई रत्तिभर निराश हुन दिन्न। धर्म र संस्कृतिलाई आधार मान्दै बिवाद रहित भएर मेरो कार्यकाल सप्पन्न गर्नेछु।’

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्