भरतपुरमा फेरि सुरु भयो मतगणना

एमाले कार्यकर्ताको विरोधका कारण रोकिएको भरतपुरको मतगणना फेरि सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको स्वस्तिक चिह्न धमिलो भएको भन्दै बदर गरेपछि एमाले प्रतिनिधिहरूले विरोध गरेका थिए।

विरोधपछि रोकिएको मतगणना फेरि सुचारु भएको छ। प्रमुख निर्वाचन अधिकृतले सिडियो र पार्टीका प्रतिनिधिहरुसहित सर्वदलीय बैठक राखेपछि उक्त मतपत्र बदर नै गर्ने सहमति भएको छ।

पछिल्लो गणनाअनुसार माओवादीकी रेनु दाहालले १८६७ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले १८१४ मत ल्याएका छन्।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्