रोल्पाका ३० वडाको नतिजा सार्वजनिक हुँदा कहाँ कसले जित्यो?

रोल्पा – रोल्पाका ३० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

३० मध्ये २० वटा वडामा माओवादी केन्द्र, ५ वटामा ५ नेपाली काँग्रेस, ४ वटामा नेकपा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भए। रोल्पामा कूल वडाको संख्या ७२ छ ।

नेकपा माओवादी केन्द्र

रोल्पा नगरपालिकाका १, २, ४, ५ र ६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

वडा नम्बर–१ मा १ मा माओवादीका खुमबहादुर थापा, २ मा प्रकाश डाँगी, ४ मा मित्रलाल गुरुङ, ५ मा टोपबहादुर नेपाली र ६ मा तुलबहादुर घर्तीमगर विजयी भएका छन्।

यस्तै थवाङ गाउँपालिका–२ मा माओवादीका अविशलाल रोकामगर, ३ मा जनक बुढामगर र वडा नम्बर–५ मा गोवद्र्धन घर्तीमगर विजयी भएका छन्।

सुनिलस्मृति गाउँपालिका–१ को वडा अध्यक्षमा गोवद्र्धन कँवर, सोही गाउँपालिका–३ मा दुर्गाबहादुर विष्ट विजयी भएका छन्।
लुंग्री गाउँपालिका वडा नम्बर–५ मा रिकबहादुर रोकामगर, ६ मा जोखबहादुर बुढाथोकी र ७ मा हिराबहादुर पुन निर्वाचित भएका छन् परिवर्तन गाउँपालिका–१ मा मैते बुढामगर र २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन्।

त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका– २ मा भिउलाल पुनमगर, माडी गाउँपालिका–१ मा रोहितसिंह घर्तीमगर, माडी–२ मा ललीत घर्तीमगर, सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नम्बर–२ मा कृष्णबहादुर बुढामगर विजयी भएका छन्।

नेपाली काँग्रेस

नेपाली काँग्रेसले हालसम्म ५ वटा वडामा जित हात पारेको छ। काँग्रेसले रोल्पा नगरपालिका–३, रुन्टीगढी गाउँपालिका–१ तथा गंगादेव गाउँपालिकाको वडा नम्बर १, २ र ७ मा जित हासिल गरेको हो ।

रोल्पा नगरपालिका, ३ मा काँग्रेसका राजकुमार पुरी, रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर, गंगादेव–१ मा अमृतबहादुर वली, २ मा अमरबहादुर थापा, तथा वडा नम्बर–७ मा प्रेमप्रकाश केसी विजयी भएका छन् ।

नेकपा एमाले

एमालेले हालसम्म ४ वटा वडामा जितेको छ। थवाङ गाउँपालिका–४, त्रिवेणी गाउँपालिका–२, गंगादेव गाउँपालिका–६ र रुण्टीगढी–३ मा एमाले उम्मेदवार विजयी भएका छन्।

थवाङ–४ मा एमालेका उम्मेदवार हिकमत घर्तीमगर, त्रिवेणी–२ मा कविराज बुढामगर र गंगादेव–६ मा वीरवहादुर वली र रुन्टीगढी–३ मा गणेश गिरी विजयी भएका छन् ।

स्वतन्त्र उम्मेदवार विजयी

सुनिल स्मृति गाउँपालिका– २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। लौरो चुनाव चिह्नबाट नेत्रबहादुर गिरी वडाअध्यमा निर्वाचित चएका हुन्। गिरी ०७४ को गत स्थानीय निर्वाचनमा पनि सोही वडाबाट स्वतन्त्र उम्मदवारी दिएर निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवारी दिनुअघि उनी काँग्रेस कार्यकर्ता थिए।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्