धनगढी–१ को वडाध्यक्षमा कांग्रेसका मुडभरी प्यानलसहित विजयी

धनगढी – धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुडभरी पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन्।

वडा अध्यक्षमा निर्वाचित मुडभरीले १ हजार १८६ मत प्राप्त गरेका छन्।

यसैगरी सदस्यमा सत्यदेवी जोशी १०६२, डम्मरनाथ जोशी ९८२, धर्मराज उपाध्यय ९९७ र सरस्वती कोली १०२७ मत प्राप्त गरी विजयी भएका छन्।

अध्यक्षमा निर्वाचित मुडभरी यसअघि पनि वडा अध्यक्ष थिए।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्