ताँजाकोटको अध्यक्षमा माओवादी केन्द्रका जैसी र उपाध्यक्ष कांग्रेसका थापा विजयी

सिमकोट – ताँजाकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका लालकेश जैसी र उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा विजयी भएका छन्। उनीहरू दुवै जना गठबन्धन दलबाट निर्वाचित भएका हुन्।

ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहले गठबन्धन दलबाट गाउँपालिकाको अध्यक्षमा जैसी र उपाध्यक्ष थापा विजयी भएको बताए।

उनका अनुुसार अध्यक्ष पदमा निर्वाचित माओवादी केन्द्रका जैसीले एक हजार ८ सय १० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गरेका छन्।

त्यसैगरी, गठबन्धन दलबाट कांग्रेसका उपाध्यक्ष पदमा निर्वाचित थापाले एक हजार ३ सय १० मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वीमा एमालेका रुपचन्द्र ऐडीले ४७७ मत प्राप्त गरेका छन्।

ताँजाकोट गाउँपालिका वैशाख ३० गते बेलुकाबाट मतगणना कार्य भए पनि आइतबार बेलुका मात्र सम्पन्न भएको हो।

उक्त गाउँपालिकाको वडाध्यक्षमा क्रमशः माओवादी केन्द्रको १ बाट मनलाल रिठाल, २ बाट आजवीर खटिक, ३ बाट एमालेका राजेन्द्र शाही, ४ मा माओवादी केन्द्रका राजबहादुर बोगटी र सोही पार्टीका ५ नम्बरमा मंगल नेपाली निर्वाचित भएका छन्।

 

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्