काठमाडौँ महानगरः बालेनले ४१३९ मत ल्याउँदा स्थापितको २१४८ मत

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झण्डै दोब्बर मत ल्याएका छन्।

बालेनले ४ हजार १३९ मत ल्याउँदा एमालेका स्थापितले २ हजार १४८ मत ल्याएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भने तेस्रो स्थानमा छिन्। उनले १ हजार ९३४ मत ल्याएकी छन्।

अहिले महागरका वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को गणना भइरहेको छ। गणना भएका सबै वडामा बालेनकै अग्रता रहेको छ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना जारी छ।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्