फोटो फिचर

लुम्बिनीमा यस्तो देखियो पहिलो अन्तराष्ट्रिय उडानको माहोल (तस्बिरहरु)

फाेटाे फिचर

लुम्बिनी– सोमबारदेखि सञ्चालनमा आउने गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो अवतरण गरिसकेको छ।

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुवेतबाट उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ६८ जना सवार थिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले केहीबेरमा गर्दैछन्। प्रधानमन्त्री देउवा विमानस्थल आइपुगिसकेका छन्।

जजिराले बुद्ध जयन्ती अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत (भैरहवा) कुवेत उडान गर्नेछ।

हालै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्नेछ।

भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २–३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ बजेर १५ अवतरण हुनेछ।

त्यसैगरी, कुवेतबाट मंगलबार, बिहीबार र शुक्रबार साँझ ६बजेर ३० बजे उडान हुनेछ भने भैरहवामा बिहान १ बजेर ४५ बजे अवतरण हुनेछ।