काठमाडौँमा राप्रपाले वडामा खाता खोल्यो, प्रमुख जित्ने सुनिश्चित

काठमाडौँ – राष्टिय प्रजतान्त्र पार्टी राप्रपाले काठमाडौँको शंखरापुरमा एउटा वडा जितेको छ।

निर्वाचन अधिकृत सिता निरौला फुयालका अनुसार वडा ३ को प्यानल नै राप्रपाले जितेको हो। राप्रपाबाट वडा अध्यक्षको उम्मेदवारी दिएका सूर्य तामाङले ७१४ मत ल्याएका छन्।

उनीपछि माओवादीका कर्मबल लामाले ६०६ मत पाएका छन्। कांग्रेसका सत्यमान लामाले १४३ मत पाएका छन् भने एमालेका राजेन्द्रप्रसाद तिवारीले जम्मा ७७ मत ल्याउँदा जमानत नै जफत भएको छ।

शंखरापुरको ३ नम्बर वडा राप्रपाले जितेसँगै नगर प्रमुखमा पनि उसको जित लगभग सुनिश्चित भएको छ। राप्रपाकोे गढका रुपमा रहेको वडा नम्बर ६ र ७ को गणना बाँकी छ।

उक्त वडाबाट प्रमुखमा राप्रपालाई ५७८, माओवादीलाई ४५१, एकीकृत समाजवादीलाई २४३ र एमालेलाई २१६ मत प्राप्त भएको छ।

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्