सिरहाको भगवानपुरमा अध्यक्ष–उपाध्यक्ष दुबैमा एमाले विजयी

जनकपुरधाम – सिरहाको भगवानपुर गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ। भगवानपुरमा एमाले अध्यक्ष र उपाध्यक्षसहित चार वडाध्यक्षमा विजयी भएको हो।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण विजयी भएका छन्। उनले ४ हजार ३०२ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याए। २०७४ सालको निर्वाचनमा यादव अध्यक्षमा निर्वाचित भएका थिए।

यस्तै गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन्। उनले ३ हजार ९६० मत पाएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी जिवछीदेवी यादवले ३ हजार २१० मत पाइन्।

यस्तै वडा नं. १ मा मिरादेवी यादव, २ मा सूर्यनारायण यादव, ३ मा विनोद यादव र ५ मा अमरलाल यादव विजयी भएका छन्। वडा नं. ४ मा जसपाका रामकुमार यादव विजयी भएका छन्।

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्