पर्साको बहुदरमाई नगरपालिकामा एमाले, कांग्रेस र जसपाबीच कडा टक्कर

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाको मेयर र उपमेयरमा एमाले, कांग्रेस र जनता समाजवादी पार्टीबीच कडा टक्कर भइरहेको छ। मतगणना सुरु भएको बेलादेखि नै यी तीनै दलका उम्मेदवारबीच कडा टक्कर हुँदै आएको छ।

पछिल्लो मत परिणामअनुसार मेयरमा कांग्रेसका उम्मेदवार नितेन्द्र साहले २२८४ मत ल्याएका छन्। उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार सिँगासन साह तेलीले २२१० मतका साथ पछ्याइरहेका छन्। तेस्रो स्थानमा भने एमाले उम्मेदवार शिव पटेलले २०९८ मत प्राप्त गरेका छन्।

यसैगरी उपमेयरमा पनि कडा टक्कर देखिएको छ। उपमेयरमा एमालेकी सुष्माकुमारी कुशवाहाले ०५२ मत ल्याएकी छन्। उनलाई कांग्रेसकी सोनामती देवी यादवले १९९७ मतका साथ पछ्याउँदै छिन्।

जनता समाजवादी पार्टीबाट उपमेयरकी उम्मेदवार शान्ति कुशवाहाले १८१७ मत प्राप्त गरेकी छन्। बहुदरमाई नगरपालिका ७३०० मत गणना भइसकेको छ।
अहिले वडा नम्बर ४ को मतगणना कार्य जारी छ। मतगणना सकिएको वडा नम्बर १ मा कांग्रेसका प्रमोद यादव वडा नम्बर २ मा कांग्रेसकै जितेन्द्र यादव वडाध्यक्षमा विजयी भएका छन्। वडा नम्बर ३ मा एमालेका दिनेश यादवले वडाध्यक्ष जितेका छन्।

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्