विराटनगरमा कांग्रेसका नागेश कोइरालालाई १६१० मतको अग्रता

मोरङ – विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन्।

उनले एमालेका सागर थापाको भन्दा १ हजार ६१० मत बढी ल्याएका छन्। अहिलेसम्म १८ हजार ६४ मत गणना भएकोमा नागेशले ५ हजार ६९३ र थापाले ४ हजार ८३ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ९७४ मत पाउँदा राप्रपाका प्रल्हादप्रसाद साहले १ हजार ११५ मत पाएका छन्।

उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले अग्रता लिएकी छन्। उनले ४ हजार ६८७ मत पाउँदा गठबन्धनबाट उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ३ हजार ३६३ मत पाएका छन्।

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्