घोराहीमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता जारी

दाङ- घोराही उपमहानगरपालिकामा गठबन्धन पछि परेको छ। नेकपा एमाले नगर प्रमुख पदका उम्मेदवार नरुलाल चौधरी २०७९ मतले अघि छन्। चौधरीले १४ हजार २ सय ५ मत प्राप्त गरेका छन्।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका हेमराज शर्माले १२ हजार १ सय ३६ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेले अग्रता लिएको छ। एमालेकी हुमा डिसी ४७४ मतले अघि छन्। उनले १३ हजार ७ सय ७२ मच प्राप्त गरेकी छन्।

उपप्रमुखमा कांग्रेसका भूपबहादुर डाँगीले १३ हजार २ सय ९८ मत प्राप्त गरेका छन्।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्