विराटनगरमा कांग्रेसका कोइराला २ हजार ३ सय मतले अगाडि

फाइल तस्बिर

मोरङ – विराटनगर महानगरमा नेपाली कांग्रेसका मेयर उम्मदेवार नागेश कोइरालाले मतान्तर थप फराकिलो बनाएका छन्।

मंगलबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा सार्वजनिक मतपरिणाममा गठबन्धनतर्फबाट उम्मेदवार कोइरालाले ९ हजार मत पाएका छन्। २८ हजार ८९ मत गणना भइसकेको अवस्थामा कोइरालाले नेकपा एमालेका प्रतिस्पर्धी सागर थापाविरुद्ध २ हजार ३ सय ३३ मतको अन्तर बनाएका छन्।

हाल थापाको ६ हजार ६ सय ६७ मत रहेको छ। त्यसैगरि, स्वतन्त्रतर्फ उमेश यादव २ हजार ८ सय २५ मतले तेस्रो स्थानमा रहेका छन्।

कार्यालयका अनुसार उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीले आफ्नो अग्रता थप प्रस्ट पारेकी छिन्। कार्कीले गठबन्धनका उम्मेद्वार अमरेन्द्र यादव विरुद्ध २ हजार ८ सय २ मतको अन्तर कायम गरेका हुन्।

कार्कीले हालसम्म ७ हजार ६ सय ४६ मत हासिल गरेकीछिन्। त्यसैगरि जसपाका उम्मेदवार यादवले ४ हजार ८ सय ४४ मत पाएकाछन्।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्