चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौँ – संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावि राजदूत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि सिफारिस दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ।

मंगलबार सुनुवाइ लगत्तै समितिले दुवै जनाको नाम सर्वसहमत अनुमोदन गरेको हो। सरकारले गत चैत २४ गते माओवादीको कोटामा श्रेष्ठ र तामाङको नाम सिफारिस गरेको थियो। श्रेष्ठ माओवादीको निर्वाचन विभागका सदस्यसमेत हुन्।

दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन ।

बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न बुधबार बैठक बोलाइएको छ।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्