मोरङमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको छ।

मंगलबार विराटनगरस्थित प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा गिरोहमा आवद्ध रहेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार प्रहरी मोटरसाइकल चोरी गर्ने मुख्य पाँच जना र किनबेच तथा व्यवस्थापन गर्ने दुई जना गरी कुल ७ जनालाई पक्राउ गरेको हो।

प्रहरीले मोरङको जहँदा गाउँपालिकाका २० वर्षीय हरिओम मण्डल, वडा नम्बर १ का २० वर्षीय पन्नालाल राजवंशी, सोही वडाका १८ वर्षीय विशाल राजवंशी, कटहरी गाँउपालिका वडा नम्बर २ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर कन्चनबारीका २२ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको हो।

उनीहरुसँगै चोरी गरिएका मोटरसाइकल व्यवस्थापन तथा किनबेच गर्ने धनकुटा जिल्ला साँघुरीगढी गाँउपालिका ९ का ३२ वर्षीय थामबहादुर राई र ३५ वर्षीय मनकाजी राईलाई पनि प्रहरी सार्वजनिक गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यसक्रममा प्रहरीले ७ वटा बरामद गरिएका मोटरसाइकलसमेत प्रहरीले सार्वजनिक गरेको थियो।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्