राष्ट्रियसभामा भने एमालेको अवरोध कायमै

काठमाडौँ— प्रतिनिधिसभाको अवरोध हटाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको अवरोध भने कायमै राखेको छ। मंगलबार प्रतिनिधिसभा अवरोध फिर्ता लिए पनि एमाले राष्ट्रिय सभा अवरोध कायमै राखेको हो।

बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर संसद् अवरुद्ध पारेका हुन्।

सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले माग सम्बोधन गर्न पहल समेत गर्न नचाहेकाले राष्ट्रिय सभा बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएको एमाले सांसद देवेन्द्र दाहालले जानकारी दिए।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्