हल्दीबारी ४ मा राप्रपाको प्यानल नै विजयी

हल्दीबारी- झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मा राप्रपाको प्यानल विजयी भएको छ ।

नेपाली काँग्रेसतर्फबाट वडाअध्यक्ष बनेका निवर्तमान अध्यक्ष होमप्रसाद चुडाललाई हराउँदै राप्रपाका सन्तकुमार थापा वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले सापकोटालाई २७४ मतान्तरले हराएका हुन् । थापाले १०७२ र चुडालले ७९८ मत ल्याएका छन् । चुडाल भन्दा एमालेका रञ्जित मेचेले बढी मत ल्याए । मेचेले ८१६ मत ल्याएका छन् ।

त्यस्तै वडा सदस्यहरूमा राप्रपाबाट तारा ढकाल, सुरेन्द्र वाह्रकोटी, भगिरथा दाहाल र शान्ता देवी विश्वकर्मा निर्वाचित भएका छन् । यसअघि राप्रपाले १ नम्बर वडामा पनि प्यानल जितिसकेको छ।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्