बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

धनगढी – बाजुराको त्रिवेणी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

त्रिवेणीको मेयरमा कांग्रेसका कर्णबहादुर थापा विजयी भएका हुन्। उनले ४ हजार ७ सय ६१ मत ल्याएका छन्।

उनका प्रतिद्धन्द्वदी नेकपा एमालेका मोतिसि‌ंह बुढाले ३ हजार ५ सय ८६ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपमेयरमा कांग्रेसकै कमलाकुमारी जैशी(न्यौपाने) विजयी भएकी छन्।

उनले ४ हजार ७ सय ४१ मत ल्याएकी छन् भने उनका प्रतिद्धन्द्वी मावोवादी केन्द्रका मनराजे बुढा ३ हजार ४ मत ल्याएर पराजित भएका हुन्।

यस पालिकाका दुई वटा वडा वाहेक सबैमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।

जेठ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्