दमकको मेयरमा राप्रपाका थापालाई पछि पार्दै एमालेकी अधिकारी अग्रस्थानमा

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपासहितको गठबन्धनलाई पछाडि पार्दै नगरप्रमुखका लागि एमालेकी उम्मेदवार गीता अधिकारीले अग्रता लिएकी छन्।

वडा नं ८ को मतगणनामा एमालेकी गीता अधिकारीले १ हजार ७ सय ९१ मत ल्याउँदा राप्रपाका नेता राम थापाले १ हजार ४ सय ९८ मत ल्याएका छन्।

हालसम्म गणना भएका १,२,३,९,१० र ८ को अन्तिम परिणाम अनुसार गीता अधिकारीले १० हजार ७ सय ९३ मत ल्याएकी हुन्।

थापाले १० हजार ६ सय ७० मत ल्याएका छन्। अधिकारीले थापालाई १ सय २३ मतले पछि पारेकी हुन्। बुधबार बिहानसम्म थापा अग्रस्थानमा थिए।

उपमेयरमा एमालेका अम्बिका खनालले वडा नं ८ बाट १ हजार ५ सय ९३ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी रेगिना प्रसाईंले १ हजार ५ सय ५५ मत ल्याएकी छन्।

हालसम्म खनालले १० हजार ५ सय ४३ मत ल्याएका छन् भने प्रसाईंले १० हजार ३ सय ६२ ल्याएका छन्। दुईदिन देखि प्रसाईंको अग्रताले दबाबमा रहेका खनाल अहिले ३८ मतको अग्रतामा छन्।

जेठ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्