अछामकाे मंगलसेन नगरपालिकामा एमालेका उम्मेदवार विजयी

धनगढी- अछामको सदरमुकाम मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन्।

मेयरमा एमालेका उम्मेदवार पदमबहादुर बोहरा निर्वाचित भएका छन् भने उपमेयरमा एमालेकै संगीता रावल सोडारी विजयी भएकी छन्।

बोहराले ५ हजार ७ सय ३७ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नमबहादुर शाहीले ५ हजार २ मत प्राप्त गरे।

उपमेयरमा एमालेकी उम्मेदवार सोडारीले ५ हजार ७ सय १९ मत प्राप्त गरेर विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका बम रावलले ३ हजार ७५ मत प्राप्त गरेका छन्।

जेठ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्