काठमाडौँ – भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनकी रेनु दाहाल १८ सय ५२ मतले अगाडी छिन्।

महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार २८ हजार ६ सय ४३ मत गन्दा रेनुले १० हजार ४ सय ४९ भोट प्राप्त गरेकी छिन्।

उनलाई पच्छाइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५ सय ९७ मत ल्याएका छन्।

हिजोसम्म दाहाल र सुवेदीबीच झिनो मतान्तर रहेकोमा दाहालले आज मतान्तर बढाएकी हुन्।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६ सय ९६ भोट ल्याएका कार्यालयले जनाएको छ।

पौडेलले सत्ता गठबन्धनकी दाहालको भोट काटीरहेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलीत पाँच दलीय सत्ता गठबन्धनको समर्थनमा भरतपुरको मेयरमा उठेकी रेनुसँग रुष्ट भएर नेपाली कांग्रेसका पौडेल मेयरमा बागी उठेका हुन्।

पौडेलको उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धन असफल भएको थियो। उनै पौडेलले अहिले सत्ता गठबन्धनको भोट काटीरहेका छन्।

जेठ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्