विराटनगर महानगरमा कांग्रेसका मेयर उम्मेदवार कोइरालाको अग्रता कायमै

मोरङ – विराटनगर महानगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाको अग्रता कायम छ।

हालसम्म गणना भएको गठबन्धनतर्फबाट कोइरालाले १५ हजार २ सय १३ मत प्राप्त गरेका छन्।

कोइरालाले एमालेका उम्मेदवार सागर थापाविरुद्ध ३ हजार ७ सय ८५ को अन्तरमा पु¥याएका छन्। थापाले हालसम्म ११ हजार ४ सय २८ मत हासिल गरेका छन्।

त्यसैगरी, स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका उमेश यादवले तेस्रो स्थानमा रहँदै ४ हजार ७ सय २८ मत पाएका छन्।
राप्रपाका प्रहलाद साह हालसम्म चौथो स्थानमा रहँदै ३ हजार ५२ मत प्राप्त गरेका छन्।

अर्कोतर्फ, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्की १३ हजार ८० मत पाएकी छन्। गठबन्धनतर्फका जसपाका उम्मेदवार अमरेन्द्र यादवले ७ हजार ८ सय ५६ मत पाएका छन्। दुवै उम्मेदवारबीच ५ हजार २ सय ५४ मतको अन्तर छ।

राप्रपाकी उम्मेदवार विन्दा लुइँटेल आचार्यले ३ हजार ७ सय २२ मत पाएर तेस्रो स्थानमा रहँदा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएकी नमिता न्यौपानेले २ हजार ७ सय ३९ मत पाएकी छन्।

जेठ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्