कैलालीकाे घाेडाघाेडीमा एमालेलाई हराउँदै एकीकृत समाजवादीका उम्मेदवार विजयी

धनगढी- नेकपा एमालेलाई पराजित गर्दै कैलालीकाे घाेडाघाेडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ।

नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्।

रावतले १३ हजार १२८ मत ल्याए भने चौधरीले ८ हजार २४१ मत पाए।

२०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक आफ्नै पार्टीका पूर्वसहयात्रीसँग पराजित भएका हुन्।

उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करुणादेवी बटालालाई हराएकी हुन्।

चौधरीले १२ ह‍जार २७० मत पाएर विजयी हुँदा बटलाले ६ हजार ९६३ मत पाइन्। यस पालिकामा अधिकांश वडा कांग्रेसले जितेकाे छ।

जेठ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्