कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा शिक्षक पक्राउ

साङ्केतिक तस्बिर

धनगढी – कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

बिहीबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिकास्थित सिद्दनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीराज जोशीलाई करणी आरोपमा पक्राउ गरिएको हो।

उनलाई भीमदत्त १८ स्थित घरबाटै मौखिक उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्