पल शाहलाई पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्धको निवेदनको सुनुवाइ स्थगित

पल शाह।

पोखरा – जिल्ला अदालतको पुर्पक्ष थुनाविरुद्ध पल शाहले दिएको निवेदनको सुनुवाइ स्थगित भएको छ।

पोखरा उच्च अदालतमा बिहीबार पेशी तोकिए पनि निवेदकका कानुन व्यवसायीले नै सुनुवाइ स्थगित गरेका हुन्। न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासमा पेशी तोकिएको थियो।

एक नाबालिका गायिकालाई करणी गरेको अभियोगमा शाहलाई तनहुँ जिल्ला अदालत र नवरापरासी जिल्ला अदालतले पर्पक्ष थुनामा पठाएको छ।

ती दुवै अदालतको आदेश सच्याएर आफूलाई साधरण तारिखमा छाड्न माग गर्दै शाहले चैत १८ र वैशाख १३ गते उच्च अदालतमा निवेदन दिएका थिए।

बिहीबार पेशी सरे पनि अर्को हप्ता पुनः पेशी तोकिने उच्च अदालतले जनाएको छ। पर्पक्ष थुनाका बारेमा उच्च अदालतमा मुद्दा परिरहँदा पीडित पक्षले बकपत्र फेरेको छ।

पीडित भनिएकी नाबालिकाले आफूले अरुकै लहलहैमा किटानी जाहेर दिएको र त्यसमा सत्यता नभएको बकपत्र अदालतमा गरेकी छन्।

जेठ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्