दमकको मेयरमा राप्रपाका थापाकै अग्रता, ओलीकै वडामा पनि एमालेले अग्रता लिन सकेन

मेयर पदका उम्मेदवारहरू गीता अधिकारी र राम थापा।

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा केहीबेर अघिसम्म मतपरिणाममा राप्रपाका मेयर पदका उम्मेदवार राम थापाले अग्रता कायम राखेका छन्।

ओलीकै गृहवार्डको मतगणनामा पनि एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारीले अग्रता लिन सकिनन्।

दमकको वार्ड नं ५ को मतगणना हुँदा अधिकारीको मतान्तर निकै बढ्ने अपेक्षा थियो तर त्यस्तो हुन सकेन। अहिले पनि थापा अधिकारी भन्दा ४०३ मतले अग्रस्थानमा छन्।

अहिलेसम्म राप्रपाका थापाले १६ हजार २२७ र एमालेकी अधिकारीले १५ हजार ८२४ मत पाएकी छन्।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईको अग्रता छ। उनी १५ हजार ७२९ मतसहित एमालेकी अम्बिकाप्रसाद खनालभन्दा अघि छिन्। खनालले भने १५ हजार ५३२ मत ल्याएकी छन्।

जेठ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्