विराटनगरमा काेइराला र थापाबीच ५ हजार ८४९ मत अन्तर

विराटनगर महानगरपालिकाको मेयरका लागि गठबन्धन तर्फका कांग्रेस उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रतालाई कायम राखेका छन्।

कांग्रेस उम्मेदवार कोइरालाले २३ हजार ६४८ मत पाएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार सागर थापासँगको मतान्तरलाई ५ हजार ८४९ पुर्‍याएका छन्।

त्यसैगरी, जसपाबाट असन्तुष्ट हुँदै परित्याग गरेर स्वतन्त्रतर्फ उम्मेदवारी दिएका उमेश यादवले ७ हजार २११ मत हासिल गरेका छन्। उनी दौडको तेस्रो स्थानमा रहिरहँदा राप्रपाका उम्मेदवार प्रह्लाद साह ४ हजार ४९७ मतसहित चौथो स्थानमा रहेका छन्।

अर्कोतर्फ, उपमेयरमा एमालेकी शिल्पा निराला कार्कीले २० हजार ५९८ मतसहित पहिलो स्थान कायम राखेकी छन्। कार्कीले उपमेयरमा ८ हजार ९१० मतको फराकिलो अन्तर बनाएकी छन्।

जसपाका उम्मेदवार अमरेन्द्र यादवले ११ हजार ६८८ मत पाएका छन्। त्यसैगरी, राप्रपाकी उम्मेदवार बिन्दा लुइंटेल आचार्यले ५ हजार ४९८ मतसहित तेस्रो स्थानमा रहेकी छन्। माओवादी परित्याग गरी स्वतन्त्रतर्फबाट उम्मेदवार दिएकी नमिता न्यौपानेले ४ हजार २९८ मत पाएकी छन्।

१९ वटा वडा रहेको महानगरमा हालसम्मको अन्तिम मतपरिणाम अनुसार एमालेले ६ वटा, नेपाली कांग्रेसले ५, राप्रपाले १, जसपाले १ र १ वडामा स्वतन्त्रले जित निकालेको छ।

जेठ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्