जनकपुरधाम – सिरहाको कल्याणपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

नगरपालिकाको मेयरमा एमालेका रामपुकार साह तेली निर्वाचित भएका हुन्।

उनले ५ हजार ८८३ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मनाथ यादव ५ हजार ३५३ मत ल्याएका छन्।

यस्तै, उपप्रमुखमा एमालेकी रेखाकुमारी यादव ५ हजार ७३३ मत ल्याएर निर्वाचित भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी धनेश्वरी देवी मण्डल ५ हजार ४७० मत ल्याइन्।

जेठ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्