‘यौन शोषण’मा परेकी युवती भेट्न पुग्यो प्रहरी टोली

सांकेतिक तस्बिर।

काठमाडौं- ब्युटी प्याजेन्टका आयोजकले नै आफूमाथि बलात्कार गरेको दाबी गर्दै एक युवतीले सामाजिक सञ्जालमा सार्वजानिक गरेको भिडियोको बास्तविकता बुझ्न प्रहरी युवतीको घर पुगेको छ।

युवतीले ब्युटी प्याजेन्ट सकिएपछि सक्सेस पार्टीका क्रममा आयोजकले नै आफूमाथि बलात्कार गरेको दाबी गरेकी छन्। सोहि घटनाको बास्तविक्ता बुझ्न प्रहरी युवतीको घर पुगेको हो।

अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा काउन्सिलरसहितको टोली उनको घरमा पुगेको हो।

स्रोतका अनुसार पीडितलाई भेटेर टोलीले कुराकानी गरिरहेको छ। हदम्यादका कारण महिलाले न्याय नपाउने कुरा उठिरहेका बेला प्रहरी टोली उनको घर पुगेको हो।

हदम्यादका कारण आफूहरुले न्याय नपाउने बुझेपछि ती महिलाले पुन: सामाजिक सञ्जालमा रुँदै आफूहरुलाई कानुनबारे थाहा नभएको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्।

शुक्रबार संसदमा पनि यो विषयले प्रवेश पाएको छ। कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले यस विषयमा तत्काल छानबिन थाल्न सरकारसँग अनुरोध गरेका थिए। सभामुख अग्नि सापकोटाले पनि छानबिन गर्न सरकारलाई रुलिङ गरेका छन्।

जेठ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्