उच्च उचाई त्रि-साहसिक प्रतियोगिता सम्पन्न

काठमाडौँ– नेपाली सेनाले आयोजना गरेको पहिलो कोस अन्तर्राष्ट्रिय उच्च उचाई त्रि-साहसिक प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिता शनिबार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रतियोगितामा १०० मिटर क्लाईम्विङ्ग, ४.७५ कि.मि दौड र १५.३५ कि.मि साईक्लिङ्ग गरी ३ वटा ईभेन्टहरु समावेश गरीएको थियो। कुल २२ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेना, त्रिभुवन आर्मी क्लबको ६ टिम (पुरुष ४ र महिला २) सहित स्वदेशी १८ टिम (पुरुष १३ र महिला ५) र अन्तराष्ट्रिय ४ टिममा आबद्ध ४४ जना खेलाडीहरुको सहभागिता थियो।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब ‘ए’ टिम पहिले भएको छ। त्यस्तै त्रिभुवन आर्मी क्लब ‘बि’ टिम दोस्रो र त्रिभुवन आर्मी क्लब ‘सी’ टिम तेस्रो भएको छ।

महिलातर्फ भने हिमालयन गर्ल्स पहिलो बनेको छ। त्यस्तै, त्रिभुवन आर्मी क्लब ‘ए’ टिम दोस्रो र त्रिभुवन आर्मी क्लब ‘बी’ टिम तेस्रो भएको छ।

उत्कृष्ट नतिजा हासिल गर्न सफल खेलाडीलाई प्रधानसेनापति शर्माले पदक, ट्रफी, प्रमाण-पत्रसहित नगद पुरस्कार प्रदान गरेका थिए।

 

जेठ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्