जब कान्स फिल्म फेस्टिभलमा महिलाले निर्वस्त्र हुँदै भनिन्- ‘हामीलाई बलात्कार गर्न रोक्नुहोस्’

जारी कान्स फिल्म फेस्टिभलका क्रममा सहभागी एक युवतीले आफू निर्वस्त्र हुँदै बलात्कारबारे आवाज उठाएकी छन्।

कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी ती महिलाले आफूले लगाइरहेको लुगा अचानक खोल्दै ‘हामीलाई बलात्कार गर्न रोक्नुहोस्’ भन्दै चिच्याएकी हुन्।

उनले युक्रेनमा हुने यौन हिंसाको विरोधमा आवाज उठाएकी हुन्। ती महिलाले युक्रेनी झण्डाको रंगसँगै उनको शरीरमा लेखिएको ‘हामीलाई बलात्कार गर्न रोक्नुहोस्’ शब्दहरू देखाउन पहिरन फुकालेकी थिइन्।

युक्रेनी अधिकारीहरूले भने उनीहरूले देशका केही भागहरू कब्जा गर्ने क्रममा रूसी सेनाले महिलाहरूलाई बलात्कार गरेको आरोपको अनुसन्धान गरिरहेको बताएको छ।

पछिल्लो समय नेपालमा पनि बलात्कारबिरुद्ध आवाज उठिरहेको छ।

जेठ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्