त्रिविका पूर्व विभागीय प्रमुखले वडाध्यक्षमा पाए एक मत

जनकपुरधाम – त्रिभुवन विश्वविद्यालयका पूर्व विभागीय प्रमुखले स्थानीय तहको निर्वाचनमा एक मत पाएका छन्। धनुषाको हंसपुर नगरपालिका वडा नं २ को अध्यक्ष पदमा लडेका पूर्व विभागीय प्रमुख परमेश्वर कापडीले वडाध्यक्षमा एक मत पाउँदै अन्ति स्थान प्राप्त गरेका छन्।

कापडी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय मैथिली विभागका पूर्व विभागीय प्रमुख हुन्। उनले हंसपुर–२ मा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर उनले एक मत मात्र पाएका छन्।

वडामा नेपाली कांग्रेसका जयनारायण कापडी १ हजार १७५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उदयकुमार साहले ५२४ मत पाए।

यस्तै जनता समाजवादी पार्टीका शिव चन्द्र यादवले ३०५ मत पाए । नेकपा एमालेका सचिन कुमार मंडल १२५, माओवादी केन्द्रका अशोक कुमार मिश्र ९५, जनमत पार्टीका राजाराम यादव २६, राप्रपाका श्याम सहनीले ६ मत पाए भने कापडिले एकमत मात्र पाए ।

जेठ ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्