सुन्दरी प्रतियोगिताको यौन शोषण प्रकरणबारे मनीषा कोइराला

मनीषाले भनिन्- ढिलो भए पनि ‘अब्युज’बारे बोल्नु साहसिक काम (भिडियो)

मलाई के लाग्छ भने ग्लामर फिल्ड, मोडलिङ, मिस नेपाल, मिस वर्ल्डको फिल्डरुमा तथा सिनेमाहरुमा नाना प्रकारका मान्छेहरु भेटिन्छन्। त्यो एरियामा अलि बढी नै योङ गर्ल्र्सहरुले आफूलाई सतर्क राख्नुपर्छ भन्ने मलाई लाग्यो।

के हुँदो रैछ भने यसमा दुई पक्षमा म बोल्न चाहन्छु। एउटा त कसरी हामीले आफ्नो बच्चालाई आफैँले हेरचाह गर्ने, हाम्रो प्रयोग अरुले नगरुन्, हामीले आफ्नो डिगनिटी कसरी राख्ने, कन्फिडेन्स कसरी बढाउने, कसरी हामीले आफूलाई रिप्रिजेन्ट गराउने भन्ने सिक्नु नै पर्ने कुरा हो।

किन भने धेरै योङ मान्छेहरु यस फिल्डमा आउँछन्, उनीहरुलाई मान्छेहरुले बहकाएर नानाप्रकारको अत्याचार गर्ने गरेको पाइन्छ।

मलाई लाग्छ एउटा कलेक्टिभ इफोर्ट, यही फिल्डमा मेन्टरिङ हुनुपर्छ जस्तो लाग्छ मलाई। कोही पनि नाबालिग, योङ, इनोसेन्टहरु प्रयोग नहोस्, अब्युज नहोस्, हाम्रो प्रोफेसनले पनि एउटा डिगनिफाइड ठाउँ पाओस् भन्ने मेरो चाहना हो।

अर्को म के भन्न चाहन्छु भने यदि अत्याचार भएको छ, ८ वर्ष या २० वर्ष नै पुरानो भएपनि त्यसको लागि अगाडि आएर बोल्नुपर्छ जस्तो लाग्छ मलाई।

मेरो विचारमा ती बैनीको यो साहसलाई म मान्छु। ढिलो भएपनि कमसेकम उहाँले बोल्नु भयो। यो एकदम साहसिक काम हो।

उहाँसँग जे भयो एक त उहाँले न्याय पाउनै पर्छ। अर्को कुरा अब यो कुरा कसरी रिपिट नगर्ने भन्नेतिर पनि हामीले सोच्नुपर्छ।

न्याय सम्बन्धी केही कुरामा हामीले चेन्ज गर्नु छ भने संशोधन गर्नुपर्छ। कुनै पनि क्राइम भएको छ भने त्यसको लागि सजाय हुनैपर्छ।

र बलात्कारजस्ता जघन्य अपराध या एब्युज भएको छ भने एउटा फोन लाइन हुनुपर्‍यो। त्यहाँ पुलिस हुनुपर्‍यो, भिक्टिमले पुलिससँग कुरा गर्न सकोस्। चाहियो भने मेडिकल सपोर्ट हुन सकोस्, साइकोलोजिस्ट हुनुपर्‍यो।

मलाई लाग्छ हाम्रो समाजमा कतिपय कुराहरु आइरहँदा खेरि तयहाँ हामीले केही न केही गर्नुपर्छ जस्तो लाग्छ।

संविधान तथा कानुनहरु जहिले पनि अपडेट भइराख्नुपर्छ। समाजमा जे–जे कुराहरु आइरहन्छ, त्यसको अनुसार हामीले सुरक्षा दिनुपर्‍यो, आश दिनुपर्‍यो, विश्वास दिनुपर्‍यो, कानुन छ है भनेर डर हुनुपर्‍यो। कानुन बनाउँदा संशोधन त हुनैपर्छ।

(अभिनेत्री मनीषा कोइरालासँग देशसञ्चारका प्रकाश ढकालले गरेको कुराकानी।)

जेठ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्